रेवती घिमिरे र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘जाला जोबन’ सार्बजनिक भएको छ । सङ्गीता घिमिरेको शब्द, राजेन्द्र बजगाईंको सङ्गीत तथा एरेञ्ज, कमल थापा र गोबिन्द बिकको रेकर्डिङ र श्यामसवेत रसाइली तथा किरण सुनारको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको रिदम गीतारमा सञ्जिब बराइली, बासुरीमा रत्न बिक, रिदममा भुवन गन्धर्व, चोरसमा राजेन्द्र बजगाईं र सबिन सुबेदी, मुवामा बिमला तामाङले साथ दिएका छन् ।

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफि रहेको भिडियोमा कुञ्जना घिमिरे (सुन्तली) र सागर लम्साल (बले)को अभिनय छ । उक्त नवराज उप्रेतीको छायाँकन, शुभम भुजेलको सहायक कोरियोग्राफर रहेको भिडियोमा नवीना निरौलाको सम्पादन तथा कलरिङ छ ।

गीतका फोटोग्राफर मनिष पौडेल हुन भने प्रोडक्शन म्यानेजरका रुपमा शम्भु श्रेष्ठ रहेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत धुर्मुस सुन्तली युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.