काभ्रेपलान्चोक – काभ्रेमा आज १८ जनामा कोरोना संक्रमण देखिएको छ । आज पिसिआर परिक्षणबाट ७ र एन्टिजेन परिक्षणबबाट ११ गरी १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पिसिआर विधिबाट परिक्षण गर्दा भूम्लुका ७ जनामा संक्रमण देखिएको हो । त्यस्तै एन्टिजेन परिक्षणबाट बनेपाका ६, नमोबुद्धका ३, पनौती र तेमालका १÷१ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा १२ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै आज १७ जना संक्रमित कोरोनामुक्त भएका छन् । अब संक्रमित मध्ये ११ हजार ७६९ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । काभ्रे जिल्लामा अब ७३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..