काभ्रेपलान्चोक – स्थानीय तहको निर्वाचन यहीँ बैशाख ३० गते हुँदै छ । महेश कर्माचार्यले बनेपा नगर हाक्ने तयारी अवस्थामा रहेको उनी निकट श्रोतले बताएका छन् । टिकटको लागि यति बेला वडादेखि केन्द्र सम्मका नेता कार्यकर्तामा दौडधुप बढेको छ । देशभर बढेको यो सरगर्मीमा काभ्रेको बनेपा नगर पनि अछुतो छैन । बनेपा नगरमा यस पटक नगर सभापति महेश कर्माचार्यले आफ्नो दाबी गरेको श्रोतले बताएका छन् । टिकटको लागि पनि राजनीतिक हस्तीहरुको कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
सामाजिक सेवामा समेत पहिचान बनाउन सफल बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सभापति महेश कर्माचार्यले बनेपा नगर प्रमुखमा दावी रहने श्रोतले बताएको छ ।
के उनी बन्लान्नत नगर नगर प्रमुख ?
यहीँ नै अहिले सबैको चासोको विषय बनेको छ । त्यस्तो त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगर पार्टीको पहिलो तहका नेता भएकाले अहिले उनी निरन्तर नेतृत्व तहमा छन् । उनकोे राजनीति सक्रियताको पनि त्यतिकै प्रशंसा हुने गरेको छ । त्यसकारण पनि टिकट ल्याउने सम्भावना बढि हुने विश्लेषण गरिएको छ ।
• यस्तो छ कर्माचार्यको राजनितिक यात्रा
कर्मचार्य दुई दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय छन् । पार्टी भित्र कुशल राजनितिज्ञको रुपमा परिचित कर्मचार्य राजनीति सँगै समाजिक सेवामा पनि सक्रियता भए सँगै नगरका युवामाझ उनी लोकप्रिय छन् । नेपाली कांग्रेसको १२ औं र १३ औं अधिबेशनमा सचीव भएर १० वर्ष कुशल कार्यसम्पादन गर्नुको साथै माओवादी संकट कालमा आफ्नो पार्टीको नीति नियम प्रती निर्वात रुपमा लागि परेका कर्माचार्य २०४६/२०४७ सालमा नेपाल विद्यार्थी संघ, काभ्रे बहुमुखी क्याम्पसमा सचिब भइ राजनीतिमा पदीय जिम्मेवारी बहन गर्न थालेका कर्माचार्य बिद्यार्थीहरुको हकहितको लागि लडेका थिए । २०५४ सालमा नेपाल तरुण दल बनेपा नगर समितिमा सचिव र हाल नेपाली कांग्रेस बनेपा नगर सभापतिमा निर्वाचित भए सँगै उनी राजनीतिमा झनै हौसिएर लागेका छन् ।
नेपाली काँग्रेसको भर्खरै सकिएको महाधिवेशन बाट नेपाली काँग्रेस बनेपा नगर सभापतिमा निर्वाचित भएर बनेपा नगर बासिको सेवामा उनको सक्रियता बढेको छ । त्यसका साथै २०७० सालको संबिधान सभाको चुनावमा नेपाली काँग्रेस बनेपा नगरपालिकाको लागी प्रचारप्रसार समितिका संयोजक भइ उनले काम गरेका थिए । त्यस लगतै नेपाली काँग्रेसको १३ औँ महाधिवेशन बाट नेपाली काँग्रेस बनेपाको सचिव पदमा निर्बिरोध निर्वाचित महेश अब हुने १४औं महाधिवेशन बाट नगरको मुख्य जिम्मेवारी पाएका छन् । सचिव हुँदाको कार्यकालमा नै नेपालमै पहिलो पटक देश भरका नगरहरुको नेपाली कांग्रेसका सभापतिहरुको सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सम्पुर्ण तवरले आफ्नो भुमिका निर्वाह गरेका कर्मचार्य आफूले पाएको जिम्मेवारी जुनै कुनै हालतमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छन् ।
• सामाजिक क्षेत्रमा कर्माचार्य योगदान
उनको राजनितिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छन् । यस क्षेत्रमा पनि उनको ठूलो योगदान छ । कुशल राजनितिज्ञ मात्र नभएर उनी एक क्रियशील सामजसेवीका रुपमा स्थापित भइसकेका छन् । कोरोना महामारीको समयमा उनले फुड बैँक नै स्थापना गरी झण्डै ८ सय भन्दा बढि परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।
कोरोना कहरको पहिलो लहरमा लगातार ४८ दिन सम्म दैनिक १५० देखी २०० जना रोजगार गुमाएर अपठयारोमा परेका आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुलाई दिनको १ छाक खाना खुवाउने व्यवस्था गरेका थिए । बिगतमा गएको महाबिनाशकारी भुकम्पबाट पीडित काभ्रे र सिन्धुपाल्चोकका जनताहरुको घर दैलोमा पुगी राहतका प्याकेज वितरण गरेका धेरै उदाहरण देख्न सकिन्छ ।
•खेलकुदमा कर्माचार्य सक्रियता
बनेपा नगरमा स्थापित भएर पनि काभ्रेकै नाम उच्च राख्न बनेपा ब्वाइज क्लबको अध्यक्षमा रही राष्ट्रिय स्तरीयमा फूटबल प्रतियोगिता बिबिसी बनेपा कपका विभिन्न संस्करणहरु उनकै नेतृत्वमा पटक पटक संचालन गर्दै आएका छन । विभिन्न जिल्लामा हुने राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरुमा बनेपाको इज्जत रहने गरी सहभागीता जनाएको र आगामी दिनमा बनेपालाई फुटबलको राष्ट्रिय लिगमा पुर्याउन उदेश्यले बिगत १२ वर्षदेखि निरन्तर लागी रहेका छन् ।
•संस्कृति संरक्षणमा कर्माचार्यको भूमिका
आफ्नो गाउँ ठाँउ जिल्लाको उत्पादनहरुको बजार प्रबद्र्धन र बनेपा सास्कृतिक सम्पदा रिति संस्कारका बारेमा समग्र नेपालीहरुलाई जानकारी दिनुका साथै नयाँ कलाकारहरुलाई आफ्नो प्रस्तुति दिन मञ्च प्रदान गर्दै आएका छन्। यसका साथै अन्य कलाकरहरुले आय आर्जन गराउने त खेल्कुद बिधाका विभिन्न प्रतियोगिताहरु संचालन गरि आफ्नो प्रतिभा देखाउने अवसर प्रदान कर्माचार्यले गर्दै आएका छन । उनले दर्शक महानुभावहरुले भर पुर मनोरञ्जन लिन सकोस् भन्ने उदेश्यले बनेपा महोत्सवको विभिन्न संस्करणहरु सफलतापुर्वक आयोजना गरिसकेका छन् ।
महेश कर्माचार्य काभ्रे उद्योग बाणिज्य संघ बनेपा संयोजक, काभ्रे जिल्ला फुटबल संघको उपाध्यक्ष, टिम बिबिसी संयोजक, लायन्स क्लब अफ काभ्रे अध्यक्ष सल्लाहकार र धेरै वटा राष्ट्रिय स्तरका संघ संस्थाहरुको सल्लाहकारको रुपमा काम गरिसकेका छन् । कर्मचार्यले समाजका लागि गरेको गतिविधि र उनको योगदानको आधारमा बनेपा नगर प्रमुखको टिकट पाउने सम्भवना निकै उच्च रहेको जानकारहरुले विश्लेषण गरेका छन ।