भुम्लु गाँउपालिकाको १३ औं गाँउसभा सम्पन्न भएको छ ।

आइतबार गाँउपालिकाको सभा हलमा अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तथा उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गरे ।उपाध्यक्ष तामाङले आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ६८ लाख १८ हजार रुपैंयाको बजेट प्रस्तुत गरे ।अध्यक्ष भुजेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिव, अपांग, दलित तथा पिछडा वर्गलाई निस्शुल्क स्वास्थ बिमा, योग, ध्यान केन्द्र स्थापना, सरकारको नीति अनुसार विद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति अनिवार्य गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रस्तुत कार्यक्रममा विद्यालयको पठनपाठनमा प्रगति विवरण पेस गर्न विद्यालय व्यवस्थापन र प्रअसँग वार्षिक सम्झौता गरिने छ। खेलकुदको क्षेत्रलाई अपनत्व दिलाउन पालिका कप प्रतियोगिता संचालन गर्ने, संघिय नीति अनुसार विद्यार्थीले पढदै, कमाउदै गर्ने सिपमुलक कृयाकलापलाई भुम्लु गाँउपालिकाले सुरु गर्ने भएको छ।आयुर्वेद स्वास्थलाई ध्यानमा राखेर कुनै दुई प्रकारका जडिबुटीका गहन अध्यायन गर्ने लगायत पर्यटन प्रवर्धनका कार्यक्रम प्रस्तुत बजेटमा घोषणा भएको छ।सभामा उपस्थित सदस्यहरुले आ आफ्ना सुझाव प्रस्तुत गरेका थिए। दफाबार छलफल भए पश्चात् प्रस्तुत नीति तथा कार्यक्रम ,बजेट पारित भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly