काभ्रेपलान्चोक –  नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । सातको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..