काभ्रेपलान्चोक – नेपाली कांग्रेसका युवा नेता तथा युवा व्यवसायी सुधीर बैधले आफ्नो जन्म दिनको अवसरमा मेहनती, लगनशील, दिन दुखी ब्यक्ति लाई दुनो गाई सहयोग गरेका छन् ।

बनेपा नगरपालिका ९ स्थित एक परिवार लाई गाईका माउ बाछी दिनु भएको थियो । सुधीर बैधले भन्नू भयो मेहनती मान्छे भएको कारणले मैले दुध दिने गाई पालेर आफ्नो जिबिको पार्जन गर्नु भन्ने उदेश्यले हस्तान्तरण गरेको हु । पछिल्लो समय अधिकास युवाहरु लाखौं रुपैया लिएर जाड रक्सी खायर हो हल्ला गरेको देखिन्छ । युवाहरुमा यस्तो ट्रेन्डको अन्त्य गर्नेको लागि मैले यो कदम अगाडी बढाएको हो ।

बैधले झण्डै पचास हजार रुपैया बराबरको गाई उक्त ब्यक्ति लाई हस्तान्तरण गर्नु भएको हो । उहाँले गत वर्षहरुमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरुको साथै सामाजमा सहयोग गर्दै आउनु भएको छ ।धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बैधले बताउनुभयो ।

असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा र दिन दुखी मेहनती मानिसहरुको सेवा गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बैधले बताउनुभयो ।   

आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा र मेहनती दिन दुखी लगनशील बुबा आमाको सेवा गर्दा न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..