२०७८ सालको दशैको उपलक्ष्यमा विदेशमा रहेका पाँच संस्थाले एउटा बृद्धा आश्रमलाई विभिन्न सामाग्री बितरण गरिएको छ ।काठमाडौ बानेश्वर अवस्थित असाहाय सेवा सदन बृदा आश्रम अवस्थित ३७ जना जेष्ठ नागरिकहरुलार्इसाउदी,कतार,दुबाई,कुवेत,मलेसिया,हङकङ,अमेरिका,जापान,युके,ईजरायलमा बसोबास गर्ने राई मुलघर सेवा समाज,शेर्पा सेवा समाज,पोख्रेली सेवा समाज,हेल्पिङ्ग हेन्ड्स सेवा समाज,र युनिटी अफ फेमिली सेवा समाजले थाल, चामल , दाल, वितरण गरेको हो ।
साथै कृष्ण कुमार राई र मिलन राईले सो बृद्ध आश्रममा बसोबास गर्दै आएका ३७ जेष्ठ नागरिक हरुलाई ३७ थान कम्मल बितरण गरिएको थियो । एक भर्चुअल कार्यक्रम को आयोजनागरी सो सामाग्री हस्तान्त्रण गरिएको थियो ।साथै जोरपार्टीमा अवस्थित न्यु लाईफ बाल आश्रमका ४८ बालबालीकालाई न्यानो कपडा ,कापी ,पेन्सिल, १०० किलो चमल ,३० किलो दाल ,१० किलो १० मासु प्रदान गरिएको थियो ।

साथै गोकर्णमा अवस्थीत संयुक्त अपांग एकता आवाज केन्द्रामा बसोबास गर्ने ४७ जाना बालबालिकालाई न्यानो कपडा ,कापी ,पेन्सिल, १०० किलो चमल ,३० किलो दाल ,१० किलो १० मासु प्रदान गरिएको थियो ।

विदेशको विभिन्न कुनामा रहि आफ्नो देश प्रती को मायाँ,सद्भाव साथै दुखी,असाहाय हरुको मलम पट्टी बन्दै आईरहनु हुने राई मुलघर को वरिष्ठ अध्यक्ष मेनुका राई,शेर्पा सेवा समाज को वरिष्ठ संथापक टासी शेर्पा,हेल्पिङ्ग हेन्ड्स सेवा समाज को वरिष्ठ संस्थापक रतन गुरुङ्ग,पोख्रेली सेवा समाज को वरिष्ठ अध्यक्ष अर्पण गुरुङ्ग,युनिटी अफ फेमिली सेवा समाज को वरिष्ठ अध्यक्ष रिजन राई पाँच वटै संस्थामा आवद्ध सम्पुर्ण पदाधिकारीहरुले देश प्रतिको मायाँ,सद्भावले दुखी र असाहाय हरु को लागि मलम पट्टी बनेर निस्वार्थ भावना देशको सेवा गरेको र सहयोग गरिरहने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly