बनेपा- धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रम बिच जेठ १७ गते मन्दिरको शिलान्यास गर्नुभयो ।

 

कार्यक्रममा नगर उपप्रमुख निराजन जङ्गम र धुलिखेल – ८ का वडा अध्यक्ष बिनोद गौतमले मन्दिर निर्माण कार्यमा तीब्रता दिई सम्पन्न गर्न सक्दो सहयोग पुर्‍याउने बताउनुभयो । नगर प्रमुख ब्यान्जुले मन्दिर निर्माणको लागि बजेट अभाव हुन नदिने बताउँदै यसको सम्पन्नताले धार्मिक पर्यटन क्षेत्रको सम्भावना बढदै गएको बताउनुभयो ।

प्रतिष्ठानका सचिव गणेश बडालले नगरपालिकाले चालू आर्थिक वर्षको ३० लाख बजेट बिनियोजन गरेकोमा यस वर्ष असार सम्ममा १० लाखको कार्य गरिने बताउनुभयो । नगरपालिकाले ६० प्रतिशत र प्रतिष्ठानले ४० प्रतिशत बजेट ब्यवस्थापन गरि मन्दिर निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष रामहरि बडालले बताउनुभयो ।

गत २०८० चैत्रमा श्री जन चेतना युवा समुहको अध्यक्ष रमेशप्रसाद न्यौपानेको टिमको सकृयतामा श्रीमद्भभागवत महायज्ञ सन्चालनबाट ५५ लाख र स्थानीय तिर्थ प्रसाद बडालबाट ३ आना जग्गा दान गरे सगै मन्दिर निर्माण प्रक्रियाको सहजीकरण भएको जन चेतना युवा समुहका सचिव नवराज बडालले बताउनुभयो । मन्दीर निर्माणको जिम्मेवारी लिनुभएका स्थानीय रेश रोक्काको टोलिले कार्य प्रारम्भ गरेको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly