भक्तपुर, हालै नेपालगन्जमा सम्पन्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को महाधिवेशनबाट भक्तपुरका विक्रम ढुकुछु केन्द्रीय सह कोषाध्यक्षमा र गाेविन्द बहादुर खड्का (जिबी) केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
पाण्डव हमाल ठकुरीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिमा चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको साइनिङ स्कुलका सञ्चालक ढुकुछु र चाँगुनारायण नपा वडा नं. ६ नगरकोटफेदीस्थित क्वालिटी सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।
नेपालगञ्जमा फागुन २२ र २३ गते सम्पन्न राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।
सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन् । उनी लामो समयदेखि नेपालकाे शैक्षिक क्षेत्रमा सक्रिय छन् । महाधिवेशनले सह अध्यक्षमा सुवास न्यौपाने सहित ५७ जनाको केन्द्रीय समिति सर्वसम्मत चयन गरेको नेशनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्काले जानकारी दिए । महाधिवेशनमा भक्तपुर जिल्लाका ३४ विद्यालयका प्रतिनिधीहरुको उपस्थिति रहेको समेत खड्काले बताए ।
संस्थाकाे पहिलो आधा कार्यकाल अध्यक्ष हमालले र दोश्रो अाधा कार्यकाल सह अध्यक्ष न्यौपानेले संस्थाकाे नेतृत्व गर्ने समझदारी पछि केन्द्रीय समिति सर्वसम्मत भएकाे खड्काले जानकारी गराए ।