काभ्रेपलान्चोक – चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने १९ वटा टाटा सुमोलाई महानगरीय ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बल्खुमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ४ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

बल्खुमा यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने १९ वटा सुमो र ४ जना विचौलियालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रमुख जनक भट्टराईले काभ्रे प्रेस लाई जानकारी दिनुभयो ।

यात्रीहरुलाई विभिन्न स्थानमा पु¥याउने जिम्मेवारी लिएका टाटा सुमोले सरकारले तोकेको भाडा दरभन्दा दोब्बरसम्म बढी रकम लिएको यात्रुहरुको गुनासो पाइएको ट्राफिक प्रहरीले जनाएको छ । हाल काठमाडौंबाट हेटौंडासम्मको भाडा ५ सय रुपैयाँ छ । नियन्त्रणमा लिइएका ती सुमोलाई बढी भाडा फिर्ता गराएर ट्राफिक नियम अनुसार जरिवाना तिराउने वा यातायात विभाग पठाउने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

दशैं-तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने एसएसपी जनक भट्टराईले बताउनुभयो । ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाईरहेको छ । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….