राजन थापा /काठमाडौं
काभ्रेपलान्चोक – केहि दिन अगाडि बाट महेन्द्र नारायण निधी अस्पतालमा डायलाइसिस सेवा सुरू भएको छ । सेवाग्राहीहरु लाई उत्कृष्ट सेवा दिदै आएको यस अस्पतालले थप अन्य सेवाको लागि अर्को अस्पताल जानू पर्ने बाध्यता लाई हटाउदै डायलाइसिस सेवा सुरू गरेलो अस्पतालका कार्यकारी निर्देशक डा. किरणजंग कुँवरले बताउनु भयो ।
डायलाइसिस सेवा सञ्चालनमा आएपछि मिर्गौला रोगपीडित बिरामीलाई सहज भएको छ । हस्पिटलले जनतालाई हरेक हिसाबले सक्दो आफ्नो ठाउँमा स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै हेल्थ क्याम्प गर्दै आएको र सुलभ र स्वास्थ्य सेवा प्रदान गरेको कुँवरले बताउनु भयो । नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाएर आम सर्वसाधारणलाई चुस्त दुरुस्त सेवा दिने छौं उहाँले भन्नू भयो ।
सामुदायिक अस्पतालको रूपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्वसुलभ तथा गुणस्तरीय सेवा दिदै आएको सर्वसाधारणले बताउने गरेका छन् ।