काठमाडौं — प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ विशेष गरी काँठ क्षेत्रमा म्युजिक निर्देशन गर्दै आफ्नो छुट्टै पहिचान बनाइ श्रेष्ठले बिभिन्न बिधामा सम्मानित हुँदै एक पछि अर्को अवार्डहरु हात पारेका श्रेष्ठ ले सिल्भर म्युजिक अवार्ड २०७९ बाट पनि अवार्ड र सम्मान पाएका छन्। काँठे गीत संगीत को यात्रा गर्दै गर्दा श्रेष्ठले वेष्ट म्युजिक भिडियो निर्देशन को रुपा धेरै कार्यक्रम बाट सम्मान र अवार्ड हरु हात पारिसकेका श्रेष्ठले बताएका छन् । यो अवार्ड श्रेष्ठलाई गीत संगीत को लामो यात्रा मा म्युजिक भिडियो निर्देशन मार्फत राम्रो निर्देशन गर्दै आएका र श्रेष्ठको आफ्नो म्युजिक भिडियो निर्देशनको यात्रा लाई अझ ससक्त रुपमा लैजाने हौसला स्वरूप सम्मान पत्र प्रदान गरेको हो।

गीत संगीत बाट सम्मान र अवार्ड बिभिन्न दलका राजनैतिक व्यक्तित्वहरु बाट र विशिष्ट व्यक्तित्वहरूको हात बाट पाएका श्रेष्ठ ले बताए यसरी सम्मान पाउँदै गर्दा श्रेष्ठ लाई गीत संगीत को यात्रा मा अझ बढी हौसला र उर्जा मिलेको बताए । नेश्नल सिल्भर म्युजिक अवार्ड पनि संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ ज्यू को हात बाट अवार्ड हात परेका हुन । सयौं गीत संगीत को म्युजिक भिडियो निर्देशन गरेर आफ्नो चर्चा को शिखर मा पुराउँदै आफुले गरेको काम र सत्कर्मको सम्मान पाउँदा श्रेष्ठ निकै हर्षित भएका छन्। उक्त कार्यक्रममा बरिष्ठ गीतकार, पत्रकार शान्तिप्रिय र गायक यम बराललाई संगीत रजत सम्मान प्रदान गरिएको थियो भने दशकको चलचित्र सम्मानबाट नायक श्रीदेव भट्टराई र हाँस्य अभिनेता गोपाल ढकाल छन्दे सम्मानित भएका छन् । अन्य सम्मानित हुनेहरुमा संगीतकार, गायक पुर्ण परियार, राजनितिज्ञ, समाजसेवी, मदन श्रेष्ठ समाजसेवी, सिता राई, कृष्ण बहादुर होना निर्माताm एवं समाजसेवी, सुशिलचन्द्र घिमिरे, शिक्षासेवी गंगा कुमारी निरौला मोडल, सोनितराज ढुङ्गेल, संजीव ठकुरी कलाकार, कृष्ण साहुखल रहेका छन् । कार्यक्रमको निर्णायक प्रमुखमा म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष एवं म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ रहनु भएको थियो।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..