
काठमाडौं । कलाकार ,सर्जकहरुलाई बिभिन्न बिधामा अवार्ड,समाजसेवी तथा मिडियाकर्मीहरुलाई सम्मान प्रदान गर्दै चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका कलाकार, सर्जक, सञ्चारकर्मी तथा समाजसेवीलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन दीपेन्द्र शेन शाहीले गरेका थिए भने सभापतित्व सर्जक, कलाकार, मोडल तथा एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले गरेका थिए । प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री पर्शुराम वाईबा तामाङ उपस्थित थिए ।

कार्यक्रममा बिरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवर, बिरुवा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्षेत्री,वरिष्ठ अधिवक्ता तथा कलाकार कृष्णप्रसाद ढुंगाना, मुक्तिनाथ विकास बैंकका कम्पनी सचिव डन्डपानी ढकाललगायत विशिष्ट अतिथिको उपस्थिति रहेको थियो ।


कार्यक्रमा गीतकार देवेन्द्र शारु मगर, पत्रकार मोहन कार्की, पत्रकार सुमन श्री पौडेल,माईण्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लव लगायत विशेष अतिथि तथा गीत,संगीत क्षेत्रमा लागेका कलाकारहरूको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा निर्णायकको भुमिकम वरिष्ठ लोक तथा दोहोरी गायक माधव भण्डारी,चर्चित मोडल संचिता शाही,संगीतकार मदन नेपाली (सुफिक्स),गीतकार सामना शाह,संचारकर्मी पर्वतराज घिमिरे रहेका थिए ।
कार्यक्रमका सभापति बिजेन्द्र नौबागेले स्वागत मन्तव्य व्यक्त गर्दै कला, संगीत र सर्जनशीलताको सम्मानका लागि यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । प्रमुख अतिथि पर्शुराम वाईबा तामाङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
उद्घाटनपछि ‘म त नेपाली’ बोलको स्वदेशगानमा त्रिशक्ति कला केन्द्रका कलाकारहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि विभिन्न चरणमा सम्मान तथा अवार्ड वितरण कार्यक्रम अघि बढाइएको थियो । आधुनिक गायक सीडी विजय अधिकारी र नृत्य निर्देशक दिपेश एस के लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति र नृत्यले कार्यक्रमलाई थप रङ्गीन बनाएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई कला सम्मान प्रदान गरिएको थियो। संगीत साधक सम्मान–२०८२ वरिष्ठ गीतकार तथा संगीतकार राजकुमार बगर, पत्रकार सम्मान–२०८२ सानुकाजी श्रेष्ठ, सदावहार गायिका सम्मान–२०८२ शर्मिला गुरुङ, दशक सम्मान–२०८२ शिव हमाल, सञ्चारकर्मी सम्मान–२०८२ डी.बी. पराजुली, छायाँकार सम्मान–२०८२ केशव अधिकारी, खेलाडी सम्मान–२०८२ संजोक परियार, पत्रकार सम्मान–२०८२ शंकर रोका, समाजसेवी सम्मान–२०८२ यमबहादुर जी.सी. र नवराज शर्मा, निर्देशक सम्मान–२०८२ दिनेश डाँगी, संगीत संयोजन सम्मान–२०८२ सुनिल परियार, कोरियोग्राफर सम्मान–२०८२ दीपेश एस.के., भिडियो सम्पादन सम्मान–२०८२ ईनिस बुढाथोकी, सञ्चारकर्मी सम्मान–२०८२ विनोद नेपाली, कला सम्मान–२०८२ विनोद कार्की, बालकलाकार आरिया शाही र मन्जली तामाङ तथा समाजसेवी कृष्णबहादुर विकलाई सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो । सर्वोत्कृष्ट आधुनिक गीत गायक अवार्ड–२०८२ सीडी विजय अधिकारी (गीतस् ‘चाहिदैन न्याय मलाई’), सर्वोत्कृष्ट आधुनिक गायिका मेनुका राई (‘हेल्लो हाई नमस्कार’), सर्वोत्कृष्ट लोक तथा दोहोरी नवगायक प्रोत्साहन अवार्ड सुन्दर खनाल (‘ढुङ्गे धारा पानी’), सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका अवार्ड संगम लामिछाने (‘ए गौरी’), जूरी अवार्ड बिमला सुनार (‘नजिक नजिक सरन’), सर्वोत्कृष्ट लोक तथा दोहोरी नवगायक हरि सुनार (‘जान्छौं लाउरेको साथैमा’), सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल महिला पवित्रा अर्याल (‘खतम बनायो मलाई’), सर्वोत्कृष्ट आधुनिक भिडियो मोडल टीका जैसी (‘लाली जवान’), लोक आधुनिक गीत गायक प्रोत्साहन अवार्ड इन्द्र बस्याल (‘आमा’), चाडपर्व गीत गायिका सबिता परियार (‘गावै रमाइलो’), पुर्बेली गीत गायक सुबिन चाम्लिङ (‘चौतारिमा बसौँला’), आधुनिक गीतकार कमला प्रधान (‘तारा टुटी झरे सरि’), म्युजिक भिडियो निर्देशक बिनोद सुन्दास (‘रुनुको के अर्थ’), आधुनिक संगीतकार बिराज ढुंगाना (‘सधैं भरि’), पब्लिक च्वाइस संगीतकार राजेन्द्र बजगाई (‘पुतली’), पब्लिक च्वाइस गीतकार भीष्मराज फुलारा (‘पुतली’), लोक तथा दोहोरी लयसंकलन नन्दु परियार (‘पोखरा पृथ्वी चोकैमा’), शब्दसंकलन सुनिता रसाइली (‘टुट्यो भने मन’), भिडियो मोडल रमेश विश्वकर्मा (‘लाली जवान’), जूरी मोडल किरन स्याङ्बो तामाङ (‘तिम्रो लागि’), ध्वनि रेकर्डिस्ट सागर बाजुराली (‘तल्लो बाटो’), लोक आधुनिक गायक राजेश बर्देवा, लोक तथा दोहोरी गायक चन्द्र बी.सी. र जूरी अवार्ड नारायण राईलाई प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले कलाकारहरूको योगदानको प्रशंसा गर्दै नेपाली संगीत क्षेत्रको विकासमा यस्ता अवार्ड कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोजकले सहभागी सबैलाई मायाको चिनो वितरण गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका थिए ।
कार्यक्रमलाई मुक्तिनाथ बिकास बैंक लिमिटेड ,गरिमा बिकास बैंक लिमिटेड ,नेपाल बैंक लिमिटेड ,हिमालयन बैंक लिमिटेड , सिटिजन बैंक लिमिटेड ,राष्ट्रिय बाणिज्य बैंक लिमिटेड , नबिल बैंक लिमिटेड ,एभरेष्ट बैंक लिमिटेड , महालक्ष्मी बिकास बैंक लिमिटेड ,माछापुछ बैंक लिमिटेड ,नेपाल टेलिकम ,कान्तिपुर डेन्टल हस्पिटल ,बसुन्धारा , वेलकम ईन्टरनेशनल प्रा.लि.,सामाखुसी ,शोदिप ट्राभल एण्ड टुर्स प्रा.लि.,ठमेल ,वेदव्यास स्कुल एण्ड कलेज सामाखुसी ,तुलसा आल्मुनियम एण्ड युपिभिसी फेब्रिकेशन प्रा.लि. सितापाईला ,शुलभ फर्निचर हाउस प्रा.लि. कलंकी, बिष्पोक टेलरिङ एण्ड बुटिक सेन्टर बागबजार , आठबिस नगरपालिका वडा नं ६ ,कर्णाली प्रदेश, दैलेख ,बिरुवा गाउँपालिका कार्यालय,गण्डकी प्रदेश,स्याङ्जा ,बिरुवा गाउँपालिका वडा नं. ६ ,गण्डक


