काभ्रेपलान्चोक – बनेपा नगरपालिकाले सहकारी संस्था बाट ऋण लिएर नतिर्ने ऋणी सदस्यहरु र संचालक समितिका पदाधिकारीहरुलाई सार्वजनिक निकायले प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न चेतावनी स्वरुप सूचना जारी गरेको छ ।

हिजो नगरपालिकाले एक सूचना जारी गर्दै ऋण नतिर्ने लाई कार्वाही गरिने जारी सूचनामा उल्लेख छ ।

सहकारीबाट ऋण लिएर समयमा नतिर्ने ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न नगरपालिकाले ताकिता गरेको छ । साथै सहकारीका पदाधिकारीहरुलाई बचतकर्ता सदस्यहरुको बचत रकमको सुरक्षा प्रति सम्वेदनशील बन्न ध्यानाकर्षण गराएको छ ।

हेर्नुस् सूचना

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..