जापानमा हुने NRNA को निर्वाचनमा सचिन श्रेष्ठले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन ।

श्रेष्ठले आफ्नो उमेदवार दिरहदा आफ्नो सुभचिन्तक हरुलाइ सहयोग गर्न अपिल गरेका छन ।म सचिन श्रेष्ठ करिब दुई दशक देखी जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न छु । २००८ देखी नै NRNA अभियानमा संलग्न भई २०१७-१९ मा केन्द्रीय सदस्य, २०१९-२१ को लागी सह-कोषाध्यक्षमा रही पूर्ण सक्रियताका साथ, यस अभियानमा लागि रहेको छु।गत निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित भए पनि आफु पूर्णरूपमा NRNA अभियानमा निरन्तर खटिरहेको छु ।

विगतका दिनमा देखीएको आर्थिक अनियमितता तथा संस्थाको कोष दुरुपयोग आदिमा अभियानमा लागेकै केही व्यक्तिहरूको संलग्ताले गर्दा सिङ्गो संस्थाको गरिमामा गम्भीर आँच आएको नर्कान सकिदैन। फलस्वरूप, NRNA अभियान प्रति आम नेपालीमा नैराश्यैयता छाएको सर्व -विदितै छ।

हिजोको दिनमा पनि मैले संस्थालाई शुद्धीकरण गर्नको लागी भरमग्दो प्रयास गरेको नै थिए र अब पनि गर्ने नै छु।

मेरा आफ्ना कमी कमजोरीहरूलाई आत्मसमिक्षा गर्दै, NRNA जापानलाई एक नमुना संस्था बनाउन म हरदम लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दैछु।जस अनुरूप , आगामी चुनावमा NRNA जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिन गइरहेको जानकारी गराउन चाहन्छु ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly