काभ्रेपलान्चोक – निर्वाचनमा पार्टीका भ्रातृ संस्था नेपाल तरुण दलको भूमिका महत्वपूर्ण हुने बनेपा नगर तरुण दलले प्रमाणित गरिसकेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र त्यससँग आबद्ध तरुणहरूले नै पार्टीको नेतृत्व गर्ने सामर्थ्य राख्ने स्थानीय बनेपा नगरको चुनावमा देखिएको छ ।

बनेपा नगरको स्थानीय चुनावमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको सक्रियता व्यापक देखिएको हो । नेपाली कांग्रेस बनेपा नगर प्रमुखको लागि टिकट शान्ति रत्न शाक्य लाई आउन साथ टोल टोलमा युवाहरु परिचालन गरेर उम्मेदवार लाई जिताउन दिनरात नेपाल तरुण दल अहोरात्र खटिएको पाइएको छ ।

बनेपाको स्थानीय निर्वाचनमा लड्ने हतियार तरुण शक्ति भएको भन्यो पाइएको छ । ‘तरुण दल भनेकै कांग्रेसको शक्ति हो, तरुणहरू कांग्रेसको चुनाव लड्ने हतियार रहेको पाइएको छ । आजको कुशल तरुण नेतृत्वले नै भोलि पार्टीको नेतृत्व गर्ने सम्भावना यहीँ बनेपाको स्थानीय चुनावको परिणामले देखाएको छ ।

नेपाल तरुण दल पुर्व केन्द्रिय सदस्य सुदिर बैधको विशेष निर्देशनमा बनेपा नगर कार्यसमितिको सभापति बिजेन रंजितको नेतृत्वमा तरुणको टोलि अहोरात्र परिचालन भएर नेपाली कांग्रेसको बनेपा नगर प्रमुखको उम्मेदवार शान्ति रत्न शाक्य लाई जिताउन सफल भएको छ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..