
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी बिहीबार चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय २० रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बिज्ञापन





