कर रहित आत्मनिर्भर र समावेशी नगरकाे प्रभावकारी पहल

२०८२/७/१३, काठमाडौं ।
नगरपालिकाले गर्नु पर्ने महत्त्वपूर्ण कामहरू र मुख्य उद्देश्य स्थानीय शासन मार्फत् नागरिकको जीवनस्तर सुधार गर्नु हो। यसका लागि गर्नुपर्ने प्रमुख कामहरू बुँदागत रुपमा विकल्प र समाधान सहितको दिएकाे छु-
१ .नागरिकको जीवनस्तर सुधार गर्न
क) आधारभूत सेवा प्रवाह
-खानेपानी, सरसफाइ, ढल व्यवस्थापन
-स्वास्थ्य सेवा स्वास्थ्य चौकी, मातृ-शिशु सेवा
-शिक्षामा सुधार विद्यालय, प्राविधिक शिक्षा प्रोत्साहन
-सडक, बिजुली, बत्ती, यातायातको सुधार
ख) विकास र पूर्वाधार
-सडक, पुल, भवन, जलस्रोत, बाली सिंचाइ
-सार्वजनिक पार्क, खेलमैदान, सामुदायिक भवन निर्माण
-वातावरण संरक्षण मार्फत् फोहरमैला व्यवस्थापन, हरियाली कार्यक्रम
ग) सुशासन र प्रशासन
-पारदर्शी, जवाफदेही र नागरिकमैत्री प्रशासन
-सेवामा सूचना प्रविधिको प्रयोग
-नागरिक चार्टर र गुनासो सुन्ने प्रणाली प्रभावकारी बनाउने
२.नगरको भिजन
-स्वावलम्बी, हरित, समावेशी र समृद्ध नगर काे विकासमा
-स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग
-रोजगारी र उद्यमशीलता प्रवर्द्धन
-सामाजिक समावेशिता र समान अवसर
-वातावरणमैत्री र दिगो विकास
३.स्थानीयलाई रोजगारी उपलब्ध गराई कर नलिने वातावरण बनाउन गरिने प्रयास
• स्थानीय स्रोत र सीपको उपयोग
-स्थानीय जनशक्ति प्रयोग गरी निर्माण, सरसफाइ, वातावरणीय परियोजना सञ्चालन
-सीप विकास तालिम जस्तै -: सिलाई-बुनाइ,प्रविधि , बिजुली-मिस्त्री, कृषि, पर्यटन लगायत
•उद्यमशीलता र उत्पादनमुखी कार्यक्रम
-साना उद्योग, सहकारी र घरेलु उत्पादन प्रोत्साहन
-कृषि र पशुपालनमा आधुनिक प्रविधि र बजार पहुँच
-स्थानीय उत्पादनको ब्रान्डिङ र बिक्रीमा सहयोग
• लगानीमैत्री नीति
-कर छुट वा करमा सहुलियत दिने नीति
-स्थानीय उद्योग, होटल, पर्यटन, कृषि व्यवसायमा लगानी गर्न प्रोत्साहन
-निजी-सार्वजनिक साझेदारी मोडेलमा परियोजना सञ्चालन
• रोजगारीमुखी विकास
-निर्माण कार्यमा स्थानीय जनशक्ति प्राथमिकता
-पर्यटन, वातावरण संरक्षण र सेवाक्षेत्रमा रोजगारी सिर्जना
-युवा उद्यम कार्यक्रम र महिला उद्यम सहयोग कोष स्थापना
निष्कर्ष:-
नगरपालिकाको मुख्य उद्देश्य नागरिकको जीवनस्तर सुधार गर्दै स्वावलम्बी, हरित, समावेशी र समृद्ध नगर निर्माण गर्नु हो। यसको लागि नगरपालिकाले आधारभूत सेवा प्रवाह, पूर्वाधार विकास, सुशासन, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा जोड दिनु आवश्यक छ। स्थानीय स्रोत र सीपको सदुपयोग, पारदर्शी प्रशासन, वातावरणमैत्री कार्यक्रम, तथा निजी सार्वजनिक साझेदारी मार्फत दिगो विकास र पुर्ण विकास सम्भव हुन्छ। यसरी स्थानीय उत्पादन, रोजगारी र सेवाको पहुँच बढाई कर रहित र आत्मनिर्भर समाजको निर्माण गर्न सकिन्छ।

बिज्ञापन