बनेपा–११ मा ABM स्कुलको २१औँ वार्षिकोत्सव, शिक्षा क्षेत्रमा उदाहरणीय भूमिका

काभ्रे–बनेपा–११ स्थित आदर्श विद्यामन्दिर (ABM) स्कुलले २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्य रूपमा सुरु गरेको छ। कार्यक्रममा वक्ताहरूले विद्यालयले विगत दुई दशकदेखि गरेको शैक्षिक सुधार र नवप्रवर्तनलाई ‘शैक्षिक क्रान्ति’ भन्दै उच्च प्रशंसा गरे।

उक्त अवसरमा विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित व्यवस्थापन, प्रविधिमैत्री सिकाइ प्रणाली र परिणाममुखी शिक्षण पद्धति अपनाएर बनेपा मात्र होइन, काभ्रे जिल्लामा शैक्षिक केन्द्रको रूपमा स्थापित भएको चर्चा भयो।

बिज्ञापन

प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाले जानकारी दिए अनुसार हाल नर्सरीदेखि कक्षा १० सम्म ७८७ र कक्षा ११–१२ मा ३४५ विद्यार्थी अध्ययनरत छन्। विद्यालय २०८१ साल असारमा ISO EOMS 21001 प्रमाणपत्र प्राप्त गर्ने काभ्रे जिल्लाकै पहिलो स्कूल बनेको छ, जसले यसको शैक्षिक विश्वासिलोपन अझ मजबुत बनाएको छ।

कार्यक्रममा वक्ताहरूले ब्लुम्स ट्याक्सोनोमीमा आधारित शिक्षण विधि, 3CR Method, युनिट–वाइज प्रदर्शनी, अनलाइन एप प्रणाली, बालमैत्री कक्षाकोठा, रिसर्च सेन्टर, विज्ञान र कम्प्युटर ल्याबले विद्यार्थीको दीर्घकालीन सिकाइमा सकारात्मक प्रभाव पारेको बताए।
अभिभावकहरूले विद्यालयको समावेशी छात्रवृत्ति नीति, शिक्षक–कर्मचारी सुविधा, अनुशासित वातावरण र सुरक्षित यातायात सेवाप्रति आफ्नो विश्वस्तता व्यक्त गरे। वक्ताहरूले शिक्षालाई व्यापारिक दृष्टिकोणभन्दा माथि राखेर मानवीय मूल्य, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड दिएकोमा विद्यालय व्यवस्थापनलाई धन्यवाद दिए।

समारोहमा अभिभावक, विद्यार्थी, शैक्षिक विज्ञ, विभिन्न विद्यालयका प्राचार्य, पत्रकार र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि ABM स्कुलले शिक्षा क्षेत्रमा नवीन प्रयोगमार्फत उदाहरणीय योगदान दिने विश्वास व्यक्त गरे। अबिभावक दिवस भोलि सम्म सञ्चालन हुनेछ।