दिनेश भण्डारी’ काठमाडौं:- ज्योति फिल्मस् म्युजिक अवार्डले आफ्नो अवार्ड कार्यक्रम लाई निरन्तरता दिदैँ आफ्नो पाँचौ म्यूजिक अवार्ड पनि शनिबार राष्ट्रिय नाचघरमा जमलमा सम्पन्न गरेको छ ।

 

सिन्धुपाल्चोक सेवा समाज र रोयल मुभिज प्रा.लि को सहकार्य ज्योति फिल्मस म्युजिक अवार्ड १७ डिसेम्बर २०२३ याक एण्ड यति एभरेष्ट ग्राड एस्टोरिया होटल,बर दुबई यु.ए.इ मा भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । उक्त अवार्ड कार्यक्रममा नेपाल बाट बिभिन्न समस्या र बिभिन्न कारणले गर्दा उक्त स्थानमा उपस्थित हुन नसकेका कलाकार तथा सम्मानित व्यक्ति हरुलाई २०८० फाल्गुन १२ गते शनिबार काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा र रोयल मुभिज प्रालीका सञ्चालक निरेन श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ।

म्युजिक अवार्ड मात्र नभई २०८० सालमा जाजरकोटमा गएको ठुलो भुकम्पले भएको मानवीय क्षति तथा पुननिर्माण कार्यका लागि आर्थिक सहयोग पनि हस्तान्तरण गरेको छ । रोयल म्युजिक प्रा.लि तथा ज्योति फिल्म्स म्युजिक अवार्डका सञ्चालक निरेन श्रेष्ठका अनुसार अवार्ड वर्षकै उत्कृष्ट अवार्ड मध्येमा पर्ने गर्दछ। त्यसैले यो वर्ष भने यस म्युजिक अवार्ड दुवैमा समापन गर्ने लक्ष्य लिएको हो ।

अवार्ड पाउनु हुनेहरुमाः पावर्ती कार्की – काठे गायिका, राम सुन्दर थामी – आधुनिक गायक, रमला पाख्रिन तामाङ्ग – पप गायिका, पक राना मगर – गीतकार (प्रोत्साहन), सुमन बि.टी. – लोकदोहोरी नव गायक, तेज मान तामाङ्ग – भाषाभाषी (मेन्दोमाया गीतकार), अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई– कला सम्मान, चन्द्र कुमार दोङ्ग – बिशेष सम्मान, सानुकाजी श्रेष्ठ – पत्रकार सम्मान, शिवराम भण्डारी – संचारकर्मी सम्मान, चन्द्रमणी गौतम – संचारकर्मी सम्मान, दिनेश भण्डारी – मोफसल पत्रकार सम्मान, नवराज हुँमागाँई – पत्रकार सम्मान, हनुमान यस्माली (सुदिप) – कला सम्मान, हरि शरण फुयाल – ब्यबसायी सम्मान, जयराज भट्ट – कला सम्मान, सूर्य तामाङ्ख – कला सम्मान, तारकेश्वर लोक खैँजडि भजन समुह – कदर–पत्र, राजन चौलागाँई (खैराँते) – कला सम्मान, रमेश श्रेष्ठ – कला सम्मान, सुष्मा तयामि – फेसन डिजाईनर रहेका छन् भने अवार्ड बिजेताहरुः अमृत चापागाँई – भिडियो सम्पादक, अमृत पुडासैनी – काठे नव मोडल पुरुष, बिजय पुन – लोकदोहोरी मोडल, बिक्रम गौतम – मेकअप आर्टिस, बिनोद सुन्दास – भिडियो निर्देशक, गणेश सेञ्चुरी – लोकदोहोरी गायक, गंगा राम राई – भिडिया छायाँकार, कल्पना पराजुली – लोकदोहोरी गायिका (जुरी), भ्याली कोल्ड स्टोर – सम्मान पत्र, करिष्मा ढकाल – मोडल महिला, कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी (सेलो पप गायक), एलिना चौहान – आधुनिक गायिका, कृष्ण रसाल – नृत्य निर्देशक रहेका छन् । त्यसैगरी निर्णायकहरुमा अर्जन पाण्डे, गिता भटटराई, राजु शर्मा, राकेश सोनी, उत्साह घिमिरे रहेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly