बनेपा – नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरीयोस भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले ज्ञापन पत्र बुझाएको छ । विहीवार नेपाल पत्रकार महासंघ काभ्रे मार्फत महासंघको केन्द्रिय कार्याललाई फोनिज काभ्रेले ज्ञापनपत्र बुझाएको हो ।

फोनिज काभ्रेको अध्यक्ष इन्द्रबहादुर थापा, सचिव सुरज श्रेष्ठ सहितको टोलीले महासंघ काभ्रे शाखाको कार्यालयमै पुगेर महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, उपाध्यक्ष बिनोद न्यौपाने, सचिव कपिल कोईराला लगायतलाई ज्ञापन पत्र बुझाएका हो ।
महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले ज्ञापनपत्र आजै केन्द्रमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘फोनिज काभ्रेले दिएको ज्ञापन पत्र आजै केन्द्रिय कार्यालयमा पुर्‍याउने छु’ महासंघका अध्यक्ष तिमल्सिनाले भने, ‘यो ज्ञापन पत्र केन्द्राई भएकोले हामीले केही बोल्नु पर्छ जस्तो लाग्दैन ।’

नेपाल पत्रकार महासघंको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रशस्ता अकाट्य प्रमाण हुँदा हुँदै सन्त नेता तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद उपाध्याय भट्टराई संस्थापक अध्यक्ष मान्दै आएको महासंघको कदमप्रति फोनिजले गम्भीर विमती राख्दै आएको विज्ञप्तिमा लेखिएको छ ।

उक्त विज्ञप्तिमा ‘२००८ साल बैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालिन नेपाल पत्रकार संघ पुर्नगठन गरेको भनाई छ । थप त्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुर्नगंठन गरिएको थियो’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै ज्ञापनपत्रमा २०१२ चैत्र १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा भट्टराई सभापति बनेको साँचो हो । तर तथ्यहरुले श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भैसकेको अवस्थामा देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मानेर उनको योगदानलाई विवादित पारी मानमर्दन गरिएको फोनिजले जनाइएको छ ।

फोनिज बागमती प्रदेशका इन्चार्ज पेमा लामाले महासंघ काभ्रेको अध्यक्ष तिमल्सिनालाई सत्यनारायण बहादुर श्रेष्ठको फोटो हस्तान्तरण गर्दै पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै भएकोले उनको फोटो महासंघको कार्यालयमा सम्मानका साथ टाँस्नुसमेत आग्रह गरेका छन् ।

फानिज काभ्रेका अध्यक्ष थापाले केन्द्रको सर्कुलर अनुसार महासंघको जिल्ला शाखा कार्यालय मार्फत् ज्ञापनपत्र केन्द्रमा पर्‍याउने गरी बुझाएको बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विनोद न्यौपाने, सचिव कपिल कोइराला, कोषाध्यक्ष केदार तिमल्सिना, फोनिजका पुर्व अध्यक्ष उजाड रक्तिम, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ लगायतका पत्रकारहरुको उपस्थिति रहेका थिए ।

फोनिजको तीन महिने अभियान अन्र्तगत बिहिबार देशभरका जिल्ला शाखाहरूले नेपाल पत्रकार महासंघ शाखाहरू मार्फत केन्द्रमा सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरीयोस भनि ज्ञापन पत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..