काभ्रेपलान्चोक – नेपाल योग खेलकुद संघ, जिल्ला समिति काभ्रेपलाञ्चोकको आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा खुला योग आसन प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी २०८२ असार ४ गते, बुधवार बिहान ७:०० बजे बनेपाको स्मार्ट पार्टी प्यालेसमा हुने नेपाल योग खेलकुद संघ काभ्रेको अध्यक्ष राजन अधिकारीले बताए।

शारीरिक, मानसिक तथा आत्मिक विकासका लागि योग अभ्यास आवश्यक रहेको सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष अधिकारीको भनाइ छ। कार्यक्रम मार्फत योग खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिइएको छ।

योग साधक, खेलाडी तथा सर्वसाधारणको उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रण गरेको छ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly