काभ्रे / जिल्लाको खानिखोला गाउँपालिका वडा न: ३ जुरेमा जग्गाको निस्सा र वृद्ध भत्ता वितरण सम्पन्न भएको छ ।
आइतबार जुरेमा एकै दिन तीन वटा कार्यक्रमका खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएको छ ।

जेष्ठ नागरिक आमा, वुवाको लागि भेट्घाटसंगै वडामा धेरै मेहेनत र संघर्ष गरी वडा वडामा खुसी लिएर आएको र खुसीसंगै वृद्ध आमा, वुवा, आपाङ्ग, विधुवाहरुका लागि वृद्ध भत्ता लिएर आएको र मौसम अनुसार वृद्ध आमा, वुवाका लागि छाता, लौरो लिएर वडामा खुसी साट्न आएका अध्यक्ष इन्द्र बहादुर थिङ्ले बताए ।

वृद्ध भत्ताको अनिमियतका कारण यस अघि वृद्ध भत्ता बैंक मार्फत बितरण गर्दै आएको थियो । भन्ने भौगोलिक आकार विकटताले गर्दा वृद्ध आमा, वुवालाई अति सास्ती भएकोले बैंकको समन्वयमा अब देखि वडाबाटै वृद्ध भत्ता बितरण गर्ने भएको छ ।

वडामा अव्यवस्थित र सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासी ,भुमिहिन,दलित ,अव्यवस्थितहरुलाई निस्सा वितरण गर्न समेत आएका बताएका छन् । यातायात, सडक ,केन्द्रिय लाइन बैंक संगको समन्वय ढिला सुस्ती , कर्मचारीको अभावको कारण वडामा समयमा भत्ता वितरण गर्न नसकेको उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए ।
वडाबाटै वृद्ध भत्ताको सेवा दिन पाउँदा र ताल्ढुङ्गा जानबाट मुक्त भएकोमा आमा, बुवा भन्दा धेरै खुसी भएको वडा अध्यक्ष सागर जिम्बाले खुसी व्यक गरेका थिए । आफू निर्वाचित भए लगत्तै पहिलो निर्णय वडा वडामा वृद्ध भत्ता वितरण गर्नु पर्ने वडाबाट निर्णय गरि कार्यपालिका बैठकमा पेश गरेका बताए
तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरु जेष्ठ नागारिक ,एकल ,विद्यवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो बितरण गरेका छन् । जम्मा वृद्ध, एकल, विद्यवा, पुर्ण अपाङ्गगता गरी ११६ जना रहेकोमा ७० जना वृद्ध आमा, बुवालाई छाता र लौरो र २५ जनालाई निस्सा वितरण गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गा.पा अध्यक्ष इन्द्र बहादुर थिङ( छिन्ताङ) विशिष्ट अतिथी उपाध्यक्ष दोर्जेमान जिम्बा, वडा अध्यक्ष सागर लामा, पञ्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, अमिन मोहन विक, युवराज मगर ,भिम घिसिङ, बयान सिङ लामा खानिखोला शाखा एस वि आइ बैंक कार्मचरी लगाए जनप्रतिनिधि स्थानीयहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न । कार्यक्रम संचालन यसोदा तिम्सेनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly