बालिकामाथि दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ, विद्यालय परिसरमा तनाव

# बालिकामाथि दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ, विद्यालय परिसरमा तनाव
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, माघ १५, २०८२
बालिकामाथि दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ, विद्यालय परिसरमा तनाव

सिन्धुपाल्चोकको जनजागृति माध्यमिक विद्यालयका एक शिक्षक कक्षा ७ मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। शिक्षक जितराज गिरिमाथि माघ १२ गते विद्यालय नजिकै रहेको उनको स्टेसनरी पसलमा बालिकामाथि शारीरिक दुर्व्यवहार गरेको आरोप लागेको हो।

घटनापछि पीडित परिवारले मिलापत्र अस्वीकार गरेसँगै विषय सार्वजनिक भएको थियो। माघ १३ गते विद्यालयमा कुरा बाहिरिएपछि अभिभावकहरू आक्रोशित बनेका छन्। माघ १४ गते ३०० भन्दा बढी अभिभावक विद्यालय परिसरमा भेला भई आरोपित शिक्षकमाथि कडा कारबाहीको माग गरेका थिए।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले शिक्षक र प्रधानाध्यापक ध्रुबराज गिरीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी पुर्याएको थियो। यस क्रममा भीडबाट सामान्य हातपातसमेत भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार शिक्षकलाई बलात्कार प्रयासको आरोपमा र प्रधानाध्यापकलाई घटना लुकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको हिरासतमा राखिएको छ। प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पीडित पक्षको जाहेरी दर्ता भइसकेको र कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढ्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up