काभ्रेपलान्चोक – जेठ लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो । सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो ।

काभ्रेपलान्चोक जिल्लामा पनि रासायनिक मलको अभाव देखियको छ । काभ्रेका सबै ठाउँहरुमा मकै एकसरो र दोहोरो गोढ्ने अवस्थमा किसानहरु रहेका छन् । तर किसानहरुले त्यो मकैमा हाल्ने मल नपाउदा छट्पटाइ रहेका छन् । काभ्रेमा नै बागमती प्रदेशको कृषि मन्त्री हुनुहुन्छ । उहाँलाई सामाजिक संजालमा प्रश्न गर्नेको ताँती रहेको छ । बाली लगाउने बेलामा रासायनिक मल नपाएर हैरान बन्दै आएका काभ्रेका किसान सरकारले अनुदानमा जैविक मल उपलव्ध गराए आफूहरुले यति धेरै हैरानी बेहोर्नु नपर्ने बताउँछन् । जिल्लामा रासायनिक मलको अभाव देखिय पछि काभ्रे जिल्लाका किसानहरुले बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमगाईलाई प्रश्न गर्न थालेका छन् । उनीहरुले सामाजिक संजाल मार्फत मन्त्री ज्यू मल खै भन्ने प्रश्न सोध्न थालेका छन् ।

सामाजिक संजालमा के लेखियो……….

माननीय मन्त्री ज्यु,नमस्कार !
मन्त्री भएपछि बधाई दिएको थिए । काभ्रेली माटो फेरिने आभाष गरेको थिए । आजसम्म तपाइँको बारेमा एउटा पनि नकारात्मक टिप्पणी गरेको छैन । हाम्रा मतले बिजयी हुनु भयो,आज एउटा प्रश्न सोध्दैछु । काभ्रेपलान्चोक जिल्लाका किसानले मल कहिले पाँउनुहुन्छ । कृपया जानकारी गराइ दिए आभारी हुने थियौं । एक मतदाता,संचारकर्मी आम नागरिक र किसान । कृपया नकारात्मक र वेवेकहिन टिप्पणी नगरी दिनुहोस् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..