

काठमाडौँ । चर्चित गायक दिनेश श्रेष्ठको संयोजनामा “रक्तदान जीवनदान” भन्ने मूल नारासहित खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
बिज्ञापन

राष्ट्रिय सङ्गीतकर्मी सघ, जिल्ला कार्य समिति काठमाडौंको आयोजनामा आगामी बैशाख १३ गते उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।


मानव जीवन बचाउन अत्यन्त महत्वपूर्ण मानिने रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम काठमाडौँस्थित श्री मान्सिङ धर्म माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। आयोजकले सबै सर्वसाधारण, संगीतकर्मी तथा युवा वर्गलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।
“रक्तदान नै जीवनदान हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै मानवीय सेवामा योगदान दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ।


