काभ्रेपलान्चोक – काभ्रे उद्योग बाणिज्य संघमा वसन्तनारायण भोछिभोयाले एकल उम्मेदवारी घोषणा गरेका छन् । प्रताब बैध र राजन मानन्धरको प्यानल नै सार्वजनिक भएको अवस्थामा वसन्तनारायण भोछिभोया एकल अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

गत निर्वाचनमा पराजित भएकाले एक कार्यकालका लागी अवसरको माग गर्दै बसन्तनारायण भोक्षिभोया एकल चुनाबी मैदानमा ओर्लिएका छन् ।

यसपालि निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। जेठ १९ गते बनेपामा सम्पन्न हुन गइरहेको निर्वाचनमा बिगत समयमा जस्तै चर्काे प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

गत निर्वाचनमा झिनो मतले पराजित भएका बसन्तनारायण भोक्षिभोयालाई सान्तवना मतको फाईदा कति हुन्छ त्यो हेर्न बाँकि छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..