

नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक तिला राम बोहोरालाई प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा सेवा निवृत भएका प्रहरी बरिष्ठ नायव निरीक्षकलाई मायाको चिनो प्रदान गर्नुका साथै राष्ट्रिय प्रहरी प्रतिष्ठानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भयो ।
बिज्ञापन

उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नुभएका अवकाश प्रप्त वरिष्ठ सई तिला राम बोहोराले अवकाश पछि पनि पुर्व प्रहरीको रुपमा प्रहरी संगठनसंग आवद्धता रहि रहनुका साथै पूर्व प्रहरीको हैसियतले प्रहरी संगठनको श्रीवृद्धिमा आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।




