रामेछापमा बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

# रामेछापमा बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, माघ २७, २०८२
रामेछापमा बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

काभ्रेपलान्चोक – रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए ।

बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up