सागाँ – नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु समाप्त भएका छन्।

लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, नेपाल एपिएफ स्कुल, बुडानिलकण्ठ स्कुल, ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविधालय हाई स्कुल Quarter-Final प्रवेश गरेका छन्।

समुह ‘ए’ बाट ४ खेलमा सतप्रतिशत जित सहित नेपाल पुलिस स्कुल धरान समुह बिजेता बन्दै नक-आउट चरणमा प्रवेश गरेको छ र यहि समुहको उपबिजेताको रुपमा बुडानिलकण्ठ स्कुलले प्लेअफमा स्थान सुरक्षित गरेको छ।

समुह ‘बि’ बाट नेपाल पुलिस स्कुल सागाँ ‘ए’ ३ खेलमा १००% जित सहित समुह विजेता भई टप ८ मा पुगेको छ र यहि समुहबाट काठमाण्डौ विश्वविधालय हाई स्कुल १ जित र १ बाई सहित उपबिजेताको रुपमा अगाडी बढेको छ।

समुह ‘सि’ बाट ल्याबरोटरि स्कुल र नेपाल पुलिस स्कुल सागाँ ‘बि’ क्रमसः विजेता र उपविजेताको रुपमा नक-आउट चरणमा पुगेको छ।

त्यस्तै, समुह ‘डि’ बाट ३ स्पस्ट जित सहित सैनिक आवसिय महाविधालय र २ जित सहित नेपाल एपिएफ स्कुल नक-आउट चरणमा पुगेको छ।

Quarter-Final म्याचहरु आइतबार र सोमबार हुनेछन्। आइतबारको पहिलो ‍खेलमा नेपाल पुलिस स्कुल धरान र काठमाण्डौ विश्वविधालय हाई स्कुल आमने सामने हुनेछन्। दोस्रो खेलमा आयोजक नेपाल पुलिस स्कुल सागाँ ‘ए’ ले बुडानिलकण्ठ स्कुलको सामना गर्नेछ। त्यस्तै सोमबारको पहिलो खेल ल्याबरोटरि स्कुल र नेपाल एपिएफ स्कुल बिच र दोस्रो खेल नेपाल पुलिस स्कुल सागाँ ‘बि’र सैनिक आवसिय महाविधालय बिच हुनेछ।

मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता समापन पुस ६ गते नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा हुनेछ । १६ विधालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।पहिलो हप्तासम्म चल्ने छ ।

लिग चरणको खेलको समाप्तिमा अंक तालिका एस्तो रहेको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly