काभ्रे – बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष तथा नेपाल विद्यार्थी संघ काभ्रे सभापति नृपेश वादेले आफ्नो जन्म दिनको
उपलक्ष्यमा बनेपामा रहेको बौद्ध बृद्ध आश्रमलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री सहयोग गरेका छन् ।

बादेले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि बौद्ध बृद्ध आश्रम र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै आएका छन् ।

हिजो एक कार्यक्रमको बिच बनेपामा रहेको बौद्ध बृद्ध आश्रमलाई
चामल ३ बोरा, तेल १ बाकस, अण्डा १ बकस ,  चाउचाउ १ बाकस, बिस्कुट १ बाकस, आटा १ प्याकेट, कन्फेक्स १० प्याकेट लगायत अन्य खाद्यान्न सामाग्रीहरु वितरण गरिएको नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादे, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, बनेपा नगरपालिका वडा नं. ९ को वडा सदस्यहरु लगायत अन्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly