
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाएको जानकारी दिए ।

उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको बताए ।
बिज्ञापन

यस्तै, बिहान ८ः०० बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।
शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।




