
आमाको सम्झना केवल आँसुमा सीमित नराखी, दुःखी र अभावमा रहेका बालबालिकाको अनुहारमा मुस्कान ल्याउने माध्यम बनाउनु – अनिलाको यही सोचले कार्यक्रमलाई अत्यन्त भावुक बनायो । उनले ३९ जना बालबालिकालाई ट्याकसुट वितरण गर्दै मिष्ठान भोजन गराइन्, जसले त्यहाँको वातावरणलाई एकैछिनमा पारिवारिक आत्मीयताले भरिदियो।

“आमा गुमाउनुको पीडा शब्दमा बयान गर्न सकिँदैन, तर उहाँले सिकाउनुभएको माया र सेवा गर्ने भावना कहिल्यै मर्दैन,” भन्दै अनिलाले बालबालिकासँग समय बिताउँदा आफूले आमाकै माया महसुस गरेको बताइन् ।
मानव कल्याण समाजका प्रमुख अभियन्ता रोशन ढकालले यस्तो मानवीय कार्यप्रति कृतज्ञता व्यक्त गर्दै भने, “अनिला दिदीले देखाउनुभएको यो सेवा केवल सहयोग होइन, यो बालबालिकाका लागि आशा र आत्मबल हो।”
बिज्ञापन

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं समाजसेवी सबर कुमार प्रजापति, अनिलाका छोरीहरू अलिशा श्रेष्ठ र अभिलाशा श्रेष्ठ, नातिनीहरू एरिक मोक्तान र एफ्रिन प्रजापति, साथै रुजि कोजु, राजन अधिकारी र रुपेश काफ्ले लगायतको उपस्थिति रहेको थियो ।




