बालप्रतिभाको उत्सव : किड्स काभ्रे–४ मा अभिभाज्य, जिक्क्षेन र विलक्षणा चम्किए

काभ्रे – किड्स काभ्रेको सिजन ४ को उपाधी अभिभाज्य कार्की, जिक्क्षेन लामा र विलक्षणा कडेलले पाएका छन् ।

सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा शनिबार काभ्रेको बनेपामा सम्पन्न भएको किड्स काभ्रे–४ को ग्रान्ड फिनालेमा सिनियर बोइजतर्फ अभिभाज्य कार्की, सिनियर ग्र्लस्तर्फ जिक्क्षेन लामा र जुनियरतर्फ विलक्षणा कडेलले पाएका हुन् ।
त्यस्तै, सिनियर बोइजतर्फ शिवांस तखाछे“ फस्ट रनर अप भए भने अश्विक श्रेष्ठ सेकेन्ड रनर अप भएका थिए । त्यस्तै, सिनियर ग्र्लस्तर्फ अंशु मानन्धर फस्ट रनर अप भइन् भने स्नेहा जिरेल सेकेन्ड रनर भएकी थिइन् । यस्तै, जुनियरतर्फ समिक्षा दाहाल फस्ट रनर अप भइन् भने प्रकृत कारंजित सेकेन्ड रनर अप भएका थिए । किड्स काभ्रेको सिजन ४ मा १६ जना प्रतियोगीहरु सहभागी थिए ।

बिज्ञापन

प्रतियोगिताका बिजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले ट्रपी तथा पुरस्कार वितरण गरेका थिए । बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै समन्वय समितिका प्रमुख गौतमले यस प्रकारको कार्यक्रमले बालबालिकामा भएको प्रतिभा प्रष्फुटन गर्न मद्दत पु¥याउने बताए । यस्ता प्रतिभाहरुलाई उजार्गर गराउन आवश्यक रहेको उनको भनाई थियो । बालबालिकालाई पढाईस“गै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु अहिलेको आवश्यकता भएको उनले बताए ।

फिनालेको निर्णायकको रुपमा राजा राम गौतम, सुदिना हुमागाई र अस्मिता तिमिल्सना थिए ।