काभ्रेपलान्चोक – जिल्लाको चौरी देउराली गाउँपालिकामा गठबन्धनको उम्मेदवार अध्यक्ष उपाध्यक्ष दुवै जना निर्वाचित भएको छ । गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँ पालिका अध्यक्षमा निर्वाचित भएकिछिन् । उनले ६२२८ मत पाएर निर्वाचित भएकिछिन भने प्रतिद्धन्दी एमालेका जित राम लामाले ५४६३ मत पाएकाछन् ।

त्यसै गरी गाउँ पालिकाको उपाध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेसको उम्मेदवार शेर ब लामा निर्वाचित भएकाछन् । लामाले ७२१९ मत पाएर निर्वाचित भएको छ, उनको प्रतिद्धन्दी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत पाएकाछन् ।

चौरीदेउराली गाँउपालिकाको वडा नं १ मा नेपाली काग्रेस, सुशिल लामा, २ मा एमाले, छत्रबहादुर प्रधान, ३ मा माओवादी, चित्र चौलागाई, ४ मा माओवादी, राम प्रसाद चौलागाईं, ५ मा माओवादी, कृष्ण प्रसाद गौतम, ६ मा काङ्ग्रेस, किशोर राज गिरि, ७ मा काङ्ग्रेस, चन्द्र राज लामा, ८ मा माओवादी, धन ब तामाङ र ९ मा माओवादी, राम ब लामा वडा अध्यक्षमा निर्वाचित भएकाछन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..