गोरखनाथ प्राथमिक विद्यालय बेथानचोक गापा-३ बोल्दे र जनप्रिय प्राथमिक विद्यालय बेथानचोक गापा-३ बतासेका सम्पूर्ण १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य माधव लामाको पहलमा राष्ट्रिय युवा संघ नेपालले बागमती प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री माननीय चन्द्र लामाको प्रमुख आतिथ्यतामा वितरण गरेको छ ।
चिसोबाट बचाउनका लागि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य माधव लामाको व्यक्तिगत पहलमा भएको हो । न्यानो कपडा वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री माननीय चन्द्र लामा , राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला अध्यक्ष विक्रम चौलागाईं ,केन्द्रीय सदस्य माधव लामा , नेकपा एमालेका नेता बेदप्रसाद तिमल्सिना ,विजय योञ्जन लगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..