लन्डन बसाइपछि समाजसेवी गिभिना मगर नेपाल फर्किन्, समुदायमुखी अभियानलाई नयाँ गति दिने तयारी

 

काभ्रे । करिब छ महिनाको लन्डन बसाइपछि समाजसेवी गिभिना मगर नेपाल फर्किएकी छिन्। श्रीमानलाई भेट्न लन्डन पुगेकी उनले त्यहाँ रहेको नेपाली समुदायमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निभाएकी थिइन्।

बिज्ञापन

लन्डन बसाइका क्रममा उनले चैरिटी कार्यक्रम, सहयोग अभियान, सांस्कृतिक कार्यक्रम तथा समुदायसँगको समन्वयमा उल्लेखनीय उपस्थिति जनाइन्। विदेशमा रहेर पनि नेपाली समुदायप्रति देखाएको समर्पणले गिभिनालाई चिनाउने काम गरेको सहभागीहरूले बताएका छन्।

परिवारसँग पर्याप्त समय बिताइसकेपछि उनी केही दिनअघि नेपाल फर्किएकी हुन्। नेपाल आएसँगै गिभिना मगरले समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी, योजनाबद्ध र व्यापक ढंगले अघि बढाउने तयारीसमेत गरेकी छिन्।
विदेश बसाइले आफूलाई नयाँ दृष्टिकोण, प्रेरणा र सामाजिक सेवाप्रति थप प्रतिबद्ध बनाएको उनको भनाइ छ।

समाजसेवा र सांस्कृतिक अभियानमा सक्रिय गिभिनाको यो यात्राले धेरै युवालाई प्रेरित गर्दै आएको छ।