राजन थापा काठमाडौं  – काठमाडौं भक्तपुर र ललितपुरमा हेर्न हो भने जताततै धुवा धुलोले भरिएको छ । चारैतिर घर नै घरहरु छन । कमै मात्रमा बोट बिरुवाहरु देख्न पाइन्छ। धेरै ठाउँमा भएका बोट बिरुवाहरुको संरक्षण नगर्दा तिनीहरु पनि संरक्षण बिहिन भएका छन र मर्न अवस्थामा पुगेका छन ।

काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर १ मा सयौं वर्ष पहिलाको कप्रोको रुखलाई स्थानीयहरु मिलेर लगभग सडक बाट ३० फिट माथि पर्खाल लगाएर संरक्षण गरेका छन । त्यस रुखलाई चौतारोका रुपामा परिणत गरेमा फेदमा आएर आमा बा हरुको कुराकानी गर्न थलोलो रुपामा बिकास हुने छ । जहाँ बाट गर्मी मौसममा शितलता लिन सकिनेछ ।

यस ठाउँ लाई केही बजेट छुट्यर व्यवस्थित गरेको खण्डमा यसको संरक्षण हुने स्थानीयको भनाइ छ । यहि श्रावण २९ गते नाग को मुर्ति राखि पुजा आजा गर्ने र रुखलाई कुनै एउटा मठ मन्दिरले चिनाउने उदेश्यले काम गरेको जनप्रतिनिधिहरु बताउँछन् । मठ मन्दिर राखेर ठाउँको बिकास भएमा केही चलपहल बढने स्थानीयको भनाइ छ ।

उता जनप्रतिनिधि अचुत राज कुँवरले पनि यस ठाउँको बिकासको लागी वडा र नगरसँग समन्वय गरिरहेको बताउनु भयो । सयौं पहिले देखि नै यस रुख लाई नागले बेर्ने गरेको स्थानीय धुर्व बहादुर केसि र टिपेन्द्र राज कुँवरले जानकारी दिनु भयो ।

हाम्रो समाजमा भएका यस्ता धेरै प्रकारका बोट बिरुवा तथा मठ मन्दिरहरुलाई जोगाइ राखियो भने समाज र गाउँलाई नै धेरै राम्रो हुने र गाउँको बिकासका काममा जहिले पनि निरन्तर लागी रहने बिनोद केसि, किसोर केसि र बिकास राज कुँवारले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.