काभ्रेपलान्चोक – मोडल संञ्जिव ठकुरीले काँठे लोकदोहोरी म्युजिक अवार्डमा हात पारेका छन् । ठकुरी सर्वोउत्कृष्ट मोडल बिधामा टप ५ मा पर्न सफल भएका थिए । जस बाट भोटिङको आधारमा अवार्ड पाउने वा नपाउने भन्ने थियो । जसको सबैभन्दा बढि भोट आउछ उसलाई नै बिजेता बनाइने आयोजकले बताएको थियो । ठकुरी टप ५ बाट मनोनित भएर अवार्डको लागी प्रतिस्पर्धा मा आएका थिए तर प्रतिस्पर्धामा अरु धेरै थिए । आम दर्शकको माया साथ र सहयोगले गर्दा ठकुरीले काँठे लोकदोहोरी म्युजिक अवार्ड हात पार्न सफल भएका छन् ।

“है सानु २ सानु” बाट टप ५ मा परेका ठकुरीले अवार्ड नै पाएका छन् । काँठे लोकदोहोरी म्युजिक अवार्ड काँठ क्षेत्रको पहिलो अवार्डको रूपमा बजारमा आएको थियो । सयौं गीतमा अभिनय गरेका ठकुरीले यो अवार्ड ऐतिहासिक रुपमा हात पारेका छन्। यो अवार्डले ठकुरीलाई काँठ क्षेत्रमा अझ सकृय रहन पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र