बनेपा – हक सबैले गर्न पाउँछन् । तर समय कुर्नु पर्छ । एउटै व्यक्तिले साझा सम्पत्तिमा पटक पटक हक जमाउन पाउँदैनन् । तलमाथि जाने प्रकृयाको विकास गरिनुपर्छ । सगरमाथा चढेको मान्छेले एउटा सामान्य टाकुरा चढ्न फेरि पैठेजोरी खोज्नु हुँदैन । त्यो मुर्खता हुन्छ । अहिले अरनिको यातायात सेवा प्रालीले त्यस्तै पात्रको खोजि गरिरहेको छ । त्यो पात्र कोही नभएर अहिलेका बरिष्ठ उपाध्यक्ष नृपध्वज महत हुनुहुन्छ । जोसँग खारिएको नेतृत्व गर्ने क्षमता छ । यातायात व्यवसायीसँग नजिकमा रहेर काम गर्न दक्षता छ । अनि मजदुर र व्यवसायीलाई मिलाएर लान सक्ने तागत पनि ।
पूर्व अरनिको यातायात सेवा प्रालीको अध्यक्षमा मनोनयन दर्ता गरेसँगै यातायात व्यवसायी नृृपध्वज महतकोे पक्षमा यातायात व्यवसायी खुलेर लागेका छन् । त्यसको पछाडीका खास कारणहरु छन् । त्यो भनेको दुई दशकदेखि महतले आफूलाई तल्लो तहको कार्यसमिती सदस्यसँग पदाधिकारीहुँदै बरिष्ठ उपाध्यक्षमा योगदान दिनुभएको छ ।
यातायात व्यवसायी, यातायात मजदुर तथा यातायात क्षेत्रमा आई पर्ने समस्याको समाधान गराउन उहाँ सतिसाल झै बनेर अरनिको यातायात सेवा समितीमा बस्नु भएको छ । हरेक पटकका अधिवेशनमा उहाँको आवश्यकता महसुस गरेर सबै पूर्व अध्यक्षले उहाँलाई साथमा लिनु भएको छ । अरनिको यातायात सेवा समिती र नृपध्वज महत एक अर्काको परिपुरक जस्तै बन्नुभएको छ ।
२४ बर्षसम्म निरन्तर अरनिको यातायात सेवा समितिमा रहेर अरनिको यातायातमा रहेका आवत समस्याको बारेमा आफू जानकार रहेको बताउनुभयो । ‘ मैले २४ बर्षसम्म अरनिकोलाई फलाउन र फुलाउन कार्यसमितिको सदस्यदेखि यो अवस्थामा आउनसम्म भुमिका खेलेको छु । पूर्व अध्यक्षहरु, पदाधिकारीको माया र ममता मैले पाएको छु ’ महतले भन्नुभयो ।
संस्थालाई समस्या आयो भनेर बरिष्ठ उपाध्यक्ष भएको मान्छे पुन उपाध्यक्ष समेत बने । तर अहिले मैले अरनिको यातायात सेवा समितीको नेतृत्व गर्ने बेला आएको र सबैले मलाई साझा उम्मेदबारको रुपमा अघि बढाएकाले अध्यक्ष पदमा उम्मेदबारी दिएको छु ।
‘ तीन पटकसम्म बरिष्ठ उपाध्यक्षको रुपमा काम गरेको अनुभव छ । मैले पद्म तौजले, श्याम तौजले, श्री गोपाल श्रेष्ठ,रमेश वैद्य, केदार क्षत्री, जितबहादुर भारती,श्यामबहादुर लामा, चित्रबहादुर कुंवरको नेतृत्वमा एउटा महत्वपुर्ण खम्बाको काम गरेर यहाँसम्म आएको छु’ उहाँले भन्नुभयो ।
यो पटक मेरो पालो भएर मैले मलाई मतदान गर्न आम यातायात व्यवसायीसँग अनुरोध गर्दछु । मसँग प्रतिस्पर्धामा आउनु भएको पूर्व अध्यक्ष ज्यूले तीन पटकसम्म सेवा समितीको नेतृत्व गर्नुभएको र उहाँ पालिकाको पूर्व अध्यक्ष समेत बनिसक्नु भएकाले आफूलाई भोलिसम्म सर्मथन गर्न सक्ने बताउनुभयो ।
उहाँले सबैको सर्मथन रहेकाले मैले संस्थालाई अघि बढाउन सक्ने साम राख्ने बताउनुभयो । उहाँले आफूले पुरानो ठाउँबाट बसपार्क राख्नको लागि काठमाडौको मेयर बालेन्द्र शाहसँग कुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, हिजो आफू सरकारमा रहँदा बसपार्कको बिषयमा नबोल्नेहरु अहिले त्यसको नारा बनाएर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीलाई यातायात व्यवसायी चाहिएको हो । जनताको सुखदुखमा साथ दिने मान्छे खोजेका हौ ।
उहाँले त्यसको नेतृत्व आफू गर्न सक्षम भएको बताउँदै अरनिको यातायातको खोजि गरेको पात्र आफू भएको बताउनुभयो । आफू नेता नभएर व्यवसायी भएकाले अरनिकोले यातायात व्यवसायी खोजेको बताउनुभयो ।   

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..