काभ्रेपलान्चोक – पछिल्लो समयको चर्चित मोडल लक्ष्मण भण्डारी बैबाहिक जिबनमा बाधिएका छन् । उनी सल्यान घर भएकी आफ्नो प्रेमिका गिता घर्तीसँग बैबाहिक बन्धनमा बाधिएका हुन् ।

भोजराज काफ्लेले गायको औँठी हिराको, बोतलको पानीले जोगि बनायो, कलाकार माकुरीको यो माया पिरती , तिम्रो लागी, झालैमा ऐना, रोजेको फुल, केही यादले, दोहोरी गाउँछौँ त लगायत ४ दर्जन भन्दा धेरै गितमा भण्डारीले अभिनय गरेका छन् । मोडल लक्ष्मण भण्डारीले अभियान गरेको एउटै गित ३० लाख भन्दा धेरै दर्शक श्रोताहरुले हेरिरहेका छन् ।

मोडल भण्डारीले शिरियल, ठूलो पर्दाको फिल्ममा अभिनय र निर्देशन पनि गरेका छन् । काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं. २ सम्थली घर भइ हाल बनेपा नगरपालिका वडा नं. ५ बुबा स्व रत्न बहादुर भण्डारी र आमा युद्ध कुमारी भण्डारीको कोख बाट लक्ष्मण भण्डारी जन्म भएको हो ।

उक्त परिवारमा तीन दाजुभाइको एकैचोटि बिबाह भएको छ । तिनै जनाले प्रेम बिबाह गरेका छन्। जेठो जयराम भण्डारीले बनेपा नगरपालिका वडा नं. ५ निवासी इन्दिरा महत, राम भण्डारीले बनेपा नगरपालिका वडा नं. ५ निवासी रुपा बस्नेत र मोडल लक्ष्मण भण्डारीले सल्यानकी गिता घर्तीसँग बिबाह गरेका हुन् । भण्डारीको दाजुभाइहरु हाल अस्टे्रलियामा बसोबास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..