‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ सम्पन्न, अधिका थापा मगर र चन्दु बलामी शीर्ष विजेता

 

काठमाडौं । सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउसको सहकार्यमा राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ सम्पन्न भएको छ। प्रतियोगिताको ‘मिस’ तर्फ अधिका कुमारी थापा मगर र ‘मिसेस’ तर्फ चन्दु बलामी शीर्ष विजेता बनेका छन्।

बिज्ञापन

दुवै विजेताले ताजसहित नगद र विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन्। प्रतियोगितामा ‘मिस’ श्रेणीमा प्रेक्षा श्रेष्ठ पहिलो रनरअप घोषित भइन् भने ‘मिसेस’ श्रेणीमा सरु कार्की पहिलो रनरअप र डा. मिना प्रधान दोस्रो रनरअप बने।

त्यस्तै, विधागत शीर्षकमा रञ्जु कार्की ‘पब्लिक च्वाइस’, युनिसा राई ‘भ्युअर्स च्वाइस’ र सानु थापा ‘मेनेजमेन्ट च्वाइस’ विजेता बनेका छन्।

कार्यक्रममा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्‍यापर निर्णय श्रेष्ठ (एनएसके), र्‍यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले निर्णायक मण्डलमा रहेका थिए।

विजेताहरुलाई पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ), एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर, र सेफ एशोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गरे।

सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले महिलाको सुन्दरता र प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।