बनेपामा सारथि सहकारीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

 

बनेपा । सारथि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा महिलाहरुको महान् चाड तीजको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। गौतम भिलेज रिसोर्ट, बनेपामा आयोजित कार्यक्रममा सयौं महिलाको उत्साहपूर्ण सहभागिता रहेको थियो।

बिज्ञापन

प्रत्येक वर्षझैं यस वर्ष पनि संस्थाले आयोजना गरेको कार्यक्रममा महिलाहरु घरायसी जिम्मेवारीबाट बाहिर निस्केर आपसी दुःख–पीडा, अनुभव र खुशी साटासाट गर्दै सामूहिकता र एकताको सन्देश दिएको सहकारीका अध्यक्ष दिलिप शर्माले बताए। उनले यस्ता कार्यक्रमले महिलाबीचको परिचय, सहकार्य र सम्बन्ध विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

“उद्यमशीलता र स्वरोजगार हाम्रो अभियान, समृद्ध सुखी सदस्य हाम्रो पहिचान” भन्ने मूल नारासहित अघि बढेको सहकारीले नारी बचत, चाडपर्व बचत, उद्यमशील बचतजस्ता कार्यक्रममार्फत सदस्यलाई आर्थिक सबलीकरणमा योगदान दिँदै आएको छ।

सन् २०७२ सालमा स्थापना भएको सहकारीले हालसम्म २८ करोड रुपैयाँभन्दा बढीको कुल पुँजी निर्माण गरेको छ भने करिब ५ हजार सदस्यको सक्रिय सहभागितासहित सफलतापूर्वक सञ्चालन भइरहेको जनाएको छ।