काभ्रेपलान्चोक – नेकपा एमाले ले बनेपामा शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । बनेपा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण कार्यक्रम आज राखियको थियो तर आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उप-प्रमुख विमला सापकोटा दाहालले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

१४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..