काभ्रेपलान्चोक – हिजो राती १२ बजेको समयमा रोशी गाउँपालिकाको वडा न ५ मा एक घरमा चोरी भएको छ । गाउँ पालिकाको वडा न ५ डुम्बल स्थित कामीसिंह लामाको घरमा तीन जनाको समुहले लुट्पट गरेकक हुन् । लामाको परिवार घरमा सुतिरहेको अबस्थामा एक्कासि भित्र पसेर लामा र उहाँकि श्रीमती मोति माय लामालाई फलामको रड र घरेलु हतियार प्रयोग गरि मुखमा खादा बानी सुन र नागद लुटेर भागेका थिए ।

सम्पत्ति लुटेर भाग्ने क्रममा रोशी गा.पा.वडा नं. ०६ नावल बस्ने चक्र बहादुर लामाको छोरा वर्ष २८ को बिजय लामा र रोशी गा.पा. वडा नं.०८ खर्पाचोक बस्ने छेडुप लामाको छोरा वर्ष २४ को राजन तामाङललाई स्थानीयहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । साथै डकैतीमा संलग्न माहाभारत गा.पा. ०३ फोक्सिङटार ठाडे बस्ने धन बहादुर मोक्तानको छोरा अन्दाजी वर्ष २६ को राजेश लामा र पाँचखाल नगरपालीका वडा नं. नखुलेको २५ वर्षको कुमार लामा फरार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । फरार रहेका ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्ने ब्यक्तिहरुबाट प्रहरीले प्र.३-०२-०१४ प ३५१९ को रातोकालो मोटरसाइकल र बाग्मती प्रदेश ०२-०३७ प ६११५ नं. को रातोकालो रङ्गको स्कुटर समेत नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । मोटरसाइकल र स्कुटरका चालक राजन तामाङ र बिजय लामा भए पनि सवारी चालकको धनी भने उनीहरुको दाइ रहेको पाइएको छ । लामाको घरबाट कति नगद र सुन चोरी भयो भने एकिन नभईसकेको प्रहरीले बताएको छ । हाल घाइतेको अवस्था मध्यम रहेको पाइएको छ ।

यसैबीच रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आपराधिक घटनाले अत्यन्तै चिन्तित र गम्भीर बनाएको भन्दै यस्ता आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन र घाइतेहरुको उपचारको लागि गाउँपालिका सक्रियताको साथ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले आज बिहानै घाइतेहरुको उपचार भैरहेको धुलिखेल अस्पताल पुगि बिरामीहरुको स्वास्थ्य अबस्थामा बुझि उपचारको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोशीमाथी कडा भन्दा कडा कार्बाहीको माग स्थानीयहरुले गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..