
बनेपा । नेपाली कांग्रेसका नेता राम जोशीले बनेपा नगर सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका जोशीले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

जोशीले आफू लामो समयदेखि निरन्तर राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गर्दै पार्टीका नेता–कार्यकर्ता र आम नागरिकसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
बिज्ञापन

उम्मेदवारी घोषणा गर्दै जोशीले आफूलाई “नेपाली कांग्रेसको सच्चा सिपाही” का रूपमा प्रस्तुत गर्दै सधैं जनताको र कार्यकर्ताको भावना तथा सुझावअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


बनेपा नगरमा कांग्रेसको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै कार्यकर्ताको भावना समेटेर अघि बढ्ने उनको भनाइ छ।

