प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको हो ।कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो ।
सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएलगत्तै कांग्रेसले एमालेकै लाइनमा पुनर्स्थापनाको मुद्दा लगेको हो ।