



काठमाडौं — भोलि (भदौ १३) देखि चर्चित अभिनेता नाजिर हुसेन अभिनीत नयाँ फिल्म ‘गुन्योचोलो : द ड्रेस’ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा नाजिरले पारलैङ्गिक महिलाको जीवनसंघर्षलाई पर्दामा उतारेका छन्, जसले उनलाई फरक र चुनौतीपूर्ण अवतारमा प्रस्तुत गरेको छ।
बिज्ञापन


समुन्द्र भट्टको निर्देशनमा बनेको यस चलचित्रले समाजका संवेदनशील विषयलाई उठान गरेको बताइन्छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा बुकिङ खुला गरिएको छ भने दर्शकमाझ उच्च उत्सुकता देखिएको छ।

निर्माण पक्षले ‘गुन्योचोलो : द ड्रेस’ लाई मनोरञ्जनसँगै सामाजिक सन्देशसमेत दिने उद्देश्यले प्रस्तुत गरिएको बताएको छ। “फिल्मको कस्ट्युम डिजाइन इन्ता श्रेष्ठ (Inta Attire) ले गर्नुभएको छ” ।