विष्णु खत्री अन्तर्राष्ट्रिय टेक्वान्डोमा स्वर्ण र रजत पदक विजेता

 

काभ्रेपलाञ्चोक जिल्ला, बैथानचोक गाउँपालिका–५, गंगालाका निवासी विष्णु खत्रीले थाइल्याण्डमा सम्पन्न ८औं हिरोज टेक्वान्डो इन्टरनेशनल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्दै दुई पदक जितेका छन्।

बिज्ञापन

कुशल टेक्वान्डो खेलाडी खत्रीले ४० वर्ष मुनिको उमेर समूहमा पुम्से तर्फ स्वर्ण पदक र पुरुष ७० केजी तौल समूहमा रजत पदक प्राप्त गरेका हुन्।

स्थानीय तथा खेलप्रेमीहरूले खत्रीको यस उपलब्धिलाई गौरवको विषय मानी बधाई व्यक्त गरेका छन्।