काभ्रेपलान्चोक – रोशि गाउँपालिका ७ लास्कोटबेसी बिपि राजमार्गमा सडक माथीबाट खसेको ढुङ्गाले लागेर गाईते मोटरसाईकल चालकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरबाट धुलिखेल तर्फ आउदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाईकलमा सवार दुई जनालाई ढुंगाले लागेर घाईते भएको उनिहरुलाई धुलिखेल अस्पतालमा पु¥याएको उपचारको क्रममा महोतरी जिल्ला रामगोपालपुर घर भएका २८ बर्षीय सरोज कुमार साह बाईक चालकको अस्पतालमा मृत्यु भएका प्रहरीले जनाएको छ

मोटरसाईकलको पछाडी बस्ने धनुषा जिल्ला रामानन्दचोक घर भएका ३० बर्षीय सतिस कुमार साहको थप उपचार धुलिखेल अस्पतालमा भईरहेको अस्पतालले जनाएको छ । – काभ्रे हेडलाइन बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..